कम्प्युटर र कम्प्युटर प्रणाली
कम्प्युटर विघुतीय साधन हो । कम्प्युटरलाई दिईएको निर्देशन अनुसार कार्य गर्ने भएको हुँदा मानिसको संलग्नता भई ,नभई वा आंशिक संलग्नताबाट यसले कामकाज गर्दछ ।
कम्प्युटरलाई बुझ्न केही देखिने भाग र केही नदेखिने भाग दुवै बुझ्न जरुरी छ । देखिने भाग जस्तै CPU, memory disk, monitor । नदेखिने भाग जस्तैः program/software हरु ।
Program को उदाहरणः
a=5;
b=6;
c;
c= a+b;
माथी दिइएको एउटा प्रोगामको नमुना हो । उकत प्रोगाम हामी स्थायी memory मा राखी सेभ गरिराख्छौं । र आवश्यकता अनुसार चलाउनको लागी उक्त प्रोगमलाई RAM मा ल्याई हामी काम गर्दछौं ।
अव कम्प्युटर एउटा साधन भनेर बुझेपछि CPU को बारेमा पनि बुझ्न पर्दछ । CPU भित्र ALU, register, control unit हुन्छन् । ALU भनेको Arithmetic Logic Unit जस्तै माथिको प्रोगाममा जोड्नको लागी एउटा circuit हुन्छ । त्यसैगरी register भनेको CPU को नजिक हुने अस्थायी memory हो । यो क्षणिक हुन्छ । त्यही भएर हामी के बुझ्न पर्छ भन्दा memory दुई प्रकारका हुन्छन् स्थायी र अस्थायी । जसरी विघुत गएपछि hard disk को डाटा हरु हराउँदैन तर save नभएको डाटाहरु यदि विघुत गयो भने हराउँछ । control unit भनेको कम्प्युटरको दिमाग हो । यसबाट प्रोगाम अनुसारको signal हरु CPU भित्रै वा बाहिर जान्छन् र सोही अनुसार कम्प्युटरले काम गर्दछ ।
कम्प्युटर किन यति धैरै उपयोगी भयो
कम्प्युटरको उपयोगिता हामी केही उदाहरण लिई यसको व्याकताको बारेमा वर्गन गर्न सक्छौं ।
साधारण कार्यालयमाः कम्प्युटरको प्रयोग मार्फत चिठी लेख्न तथा त्यसलाई पछि प्रयोग गर्न सकिन्छ । सयौं जना कर्मचारीको तलब विवरण केही समयमा तयार गर्न सकिन्छ । edit गर्न मिल्ने डाटा पछि फेरि प्रयोग गर्न सकिन्छ ।
साधारण व्यवसायमाः जस्तै मेडिकल फार्मेसीमा । औषधिको विवरण राखी कुन औषधि कति मौज्दात छ औषधि कुन rack मा छ औषधिको मुल्य कति हो । त्यसैगरी यातायात व्यवसायमा टिकट काट्न ।
अनलाइन कारोबारमाः जस्तै दराज, पठाओ, फिल्मको टिकट काट्न हामी उक्त व्यवसाय सञ्चालन गर्ने संस्थाले ती विवरणहरु एउटा कम्प्युटर वा अझ भनौं server हरुमा राखेका हुन्छन् । ती विवरण हामी इन्टरनेटको माध्यमबाट चलाउन सक्छौं । यसरी विविध सामाग्री तथा नेटवर्क को समिश्रणलाई हामी कम्प्युटर प्रणाली भन्न सक्छौं ।
वैज्ञानिक अनुसन्धानः धैरै डाटालाई धैरै पटक फरक फरक तरिकाबाट प्रयोग गर्नुपर्ने भएको हुँदा कम्प्युटरबाट सहज हुन्छ ।
कम्प्युटर चलाउन चाहिने स्रोत सामाग्री
विधुत टेवल कुर्ची साधारण कम्प्युटर चलाउनेले केही application जस्तै ms-office browser आदीमा ज्ञान हुन पर्यो कम्प्युटरमा प्रोगाम लेख्नेले विशेष जानकारी लेख्न पर्यो ।
कम्प्युटर जोखिमपुर्ण साधन
कम्प्युटर जोखिम पुर्ण साधन भएको हुँदा यसको सुरक्षाका बारेमा समेत प्रयोगकर्तामा आवश्यक जानकारी हुन पर्दछ । कम्युटरमा चलाउने सामान्य प्रयोगकर्ताले लगइनमा पासवर्ड राख्ने, जथाभावी इन्टरनेट लिंक click तथा प्रोगाम download/install नगर्ने । तथा मध्यम वा उच्च कोटीको प्रयोगकर्ताले महत्वपुर्ण data encryption गर्ने, data व्याकअप लिने, vpn प्रयोग गर्ने, firewall प्रयोग गर्ने गर्नुपर्दछ । तथा data center मा भएका server पनि computer कै रुप भएको हुँदा आवश्यक भौतिक सुरक्षा जस्तै आगलागी, भुकम्प, चौरीबाट सुरक्षा दिन अति महत्वपुर्ण हुन्छ । र यी सबै कार्य किन गरिन्छ भन्दा धैरै उपयोगी र धैरै व्यक्तीको लामो समयको मिहिनेत परेको डाटाको सुरक्षा दिन हो । जस्तैः राष्ट्रीय परिचयपत्रको डाटा हरायो भने देश भरि फेरी डाटा collection गर्न अबौं रकम लाग्दछ ।
कम्प्युटर र इन्टरनेट
कम्प्युटर र इन्टरनेटलाई फरक रुपमा बुझ्न पर्दछ । इन्टरनेट भनेको जम्मा डाटा आदान प्रदान गर्ने माध्यम हो । इन्टरनेट तार वा विना तार बाट प्राप्त गर्न सकिन्छ । इन्टरनेटको गतिबाट डाटा प्रति सेकेन्ड कति आदान प्रदान भएको छ मा भर पर्ने भएको हुँदा कुनै application लाई धैरै डाटा चाहिने हुन्छ भने कुनैलाई थौरै डाटा भए पनि हुन्छ ।
नेपालमा कम्प्युटर विक्रम संवत २०२८ को जनगणनाको कार्यलाई व्यवस्थित गर्न IBM1401 पहिलो पटक प्रयोगमा आएको हो ।