ए.आई. भनेको के हो ?
परिचयः ए.आई. भनेको कम्प्युटरमा आधारित प्रणाली वा मेसिन हो जुन मानिस जस्तै सिक्न, निर्णय लिन र समस्या समाधान एवं स्वचालित रुपमा कार्यहरु सम्पन्न गर्न सक्षम हुन्छ ।
उधेश्यः डाटाको माध्यमबाट प्रोगामलाई तालिम दिई नयाँ समस्या समाधान गर्नु नै ए.आई. को उधेश्य हो ।
ए.आई. प्राप्त गर्न पर्ने आवश्यक स्रोत सामाग्रीः यसलाई हासिल गर्न हामीलाई कम्प्युटर, धैरै डाटा, कम्प्युटर प्रोगम र सो सबै कार्य गर्न उर्जाको आवश्यकता पर्दछ । धैरै कम्प्युटर स्रोत खपत गर्ने भएको हुँदा विघुत खपत समेत वढ्दछ।
ए.आई. का केही उदाहरणहरुः
१। धैरै चित्रहरु मार्फत कम्प्युटर प्रोगामलाई उपलब्ध गराएर नयाँ चित्र पहिचान गराउने
२। एक भाषालाई अर्को भाषामा रुपान्तरण गर्ने
३। रोगको निदान गर्ने
४। अपराध अनुसन्धान गर्ने
५। सही इमेल वा फेक इमेल पत्ता लगाउने
६। केही बिषयवस्तुबाट सो सम्बन्धमा अडियो भिडियो र शब्द तथा वाक्य उत्पादन गर्न सकिने ।
सामान्य प्रोगाम र ए.आई. प्रोगाममा भिन्नता रहेको छ । सामान्य प्रोगाममा हामी सबै चरणहरु हाम्रै निर्देशनमा गर्दछौं । जस्तैः २ नम्बर जोड्नको लागी दुईबटा नम्बर लिएर दुई वटा नम्बर जोड्ने प्रोगाम नै लेख्दछौं । तर ए.आई. प्रोगाम मा तेसरी नगरीकन धैरे डाटा प्रोगामलाई उपलब्ध गराएर प्रोगामलाई स्वएं सिक्न सक्ने बनाउँछौं । जस्तै धैरै चित्र उपलब्ध गराएर नयाँ चित्रलाई चिन्न सक्ने बनाउँछौं । अर्को उदाहरणमा केही नेपाली वाक्यलाई अंग्रेजीमा उल्था गर्ने बनाउँछौं । उल्था गर्ने कार्य वा कुनै पनि कार्य गर्न ए आई प्रोगामलाई धैरै भन्दा धैरै डाटा प्रशैधन गरेर कम्प्युटरमा एउटा ज्ञान भण्डार गराउँदछौं । त्यसरी नयाँ कुरा आउँदा सो ज्ञान भण्डारको आधारमा ए आई प्रोगामले हामीलाई हाम्रो समस्याको समाधान दिने कार्य गर्दछ ।
ए.आई दुई प्रकारका हुन्छन्ः कमजोर ए.आई र सबल ए.आई. । कमजोर ए.आई. भनेको निश्चित प्रकारका कार्यहरु मात्र गर्न सक्षम हुन्छन् । जस्तैः chatbot, expert system, generative AI । सबल ए.आई. जुन चाँही अहिले विकासको क्रममा मात्र रहेको छ र यसको परिचयमा यो आफैं सिक्न आफैं निर्णय लिन सक्षम हुन्छ ।
ए.आई.लाई हामी निम्न तरिकाले समेत बु्झ्न सक्दछौं:
|
|
परिचय |
उदाहरण |
|
Think Humanly |
मानिसले जस्तै सोच्ने प्रक्रियाको नक्कल गर्दछ । |
जस्तैः विभिन्न चित्रहरु छुट्याउँछ । दिइएको चित्र जस्तै विरालो काग हात्ती मानिस |
|
Act Humanly |
मानिसले जस्तै व्यवहार गर्न सक्दछ । |
जस्तैः chatbot, यसले मानिसले जस्तै तरिकाले जानकारी दिन्छ । |
|
Think Rationally |
यस्तो ए आई जस्ले उसमा भएको ज्ञान तर्क को आधारमा कार्य गर्दछ । |
जस्तै मेडिकल उपचार । व्यक्तिको मेडिकल रिपोर्ट अनुसार रोगको पहिचान र उपचार |
|
Act Rationally |
विवेक पुर्याएर समस्याको समाधान गर्दछ |
जस्तैः self driving car ठाउँ परिस्थिति अनुसार गति ब्रेक साइड लाइट आदि कार्य गर्ने |
यदि कुनै प्रोगाम माथिको बक्समा उल्लेखित कार्यहरु गर्न सक्षम छ भने त्यस्तो प्रोगामलाई हामी ए.आई. प्रोगाम भन्न सक्दछौं ।
नेपालमा ए.आई.को उपयोगले निम्न क्षेत्रमा उपलब्धी हासिल गर्न सक्दछः
1. डिजिटल डिभाइडको न्युनीकरणः संक्षेपमा सुचना प्रविधिको उपभोगमा जनताले ए.आई. को माध्यमबाट भिन्न भिन्न ज्ञान रहेको र भौगेलिक वा आर्थिक रुपमा प्रविधिको पुहँच फरक भएतापनि एउटै प्रविधिको उपयोगमा रहेको खाडल घटाउन सहयोग गर्दछ । जस्तैः भिडियो बनाउन भिडियोग्राफी गर्ने व्यक्ति र नगर्ने व्यक्ति बीच ए.आई.को उपयोगले भिडियोग्राफी सम्बन्धी कम ज्ञान नभएको व्यक्तिले समेत भिडियो बनाउन सक्दछ ।
2. सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिताः ए आई मिश्रित प्रविधिबाट सार्वजनिक सेवा प्रवाहमा जनताले अझ गुणस्तरीय सेवा प्राप्त गर्न सक्दछन् । जस्तैः ट्राफिक जाम सम्बन्धी रियल टाइम सन्देश प्रवाह अपराध अनुसन्धानबाट छिटो पीडितलाई न्याय दिन
3. शौक्षिक गुणस्तरमा वृद्धिः विघार्थीको क्षमता अनुसार उसलाई पढ्ने सामाग्री उपलब्ध गराउने गराउन सकिन्छ ।
4. रोजगारी सिर्जनाः कन्टेन्ट उत्पादन गर्न सकिन्छ ।
5. उच्च आर्थिक सामाजिक विकासः
नेपालमा कानुनी व्यवस्था गर्न ए.आई. सम्बन्धमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८२ रहेको छ । यसले नीतिले ६ वटा र रणनीति ११ वटा राखेको छ । यसै गरी सो नीति कार्यान्वयन गर्न संस्थागत व्यवस्थाको लागी तीनवटा व्यवस्था गरेको छः ए आई नियमन परिषद्, राष्ट्रिय ए आई केन्द्र र ए आई एक्सिलेन्स सेन्टर । यस नीतिले ५४ वटा नीति कार्यान्वयन कार्ययोजना राखी क्रियाकलाप, जिम्मेवार निकाय, सहयोगी निकाय, समय सीमा, अपेक्षित उपलब्धि र अनुगमन सुचकको व्यवस्था गरेको छ ।